चालिस चलचित्रकर्मीले विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न पाउने

चालिस चलचित्रकर्मीले विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न पाउने


नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी (भिआइपी) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन् । बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, करिश्मा मानन्धर, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायत छन् ।

बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

विसं २०७३ मा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो ।