प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु

प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु


झापामा रहेर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार राजबाबु शंकर प्रेस क्लब भद्रपुरको अध्यक्ष निर्वाचित भएका छन् । भद्रपुरमा शनिबार सम्पन्न क्लबको १२औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले तीन वर्षीय कार्यकालको लागि साप्ताहिक समाचारका सम्पादक शंकरलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

अधिवेशनले क्लबको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्लीरमण नेपाल, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इसा प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ भने सदस्यहरूमा विगम श्रेष्ठ, दीपेन्द्र कटुवाल, लक्ष्मी मिश्र र भेषराज नेपाल निर्वाचित भएका छन् ।

क्लबको पदाधिकारीमा आवश्यकभन्दा बढी सदस्यहरूले इच्छा जनाए पनि आपसी छलफलबाट सर्वसम्मत नेतृत्व चयन गरिएको बन्द सत्रका संयोजक चिन्तामणि दाहालले जानकारी दिए ।