नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ


photo: rss

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), मेटमणि चौधरी (सहरी विकास मन्त्रालय), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) छन् ।

राष्ट्रपति भण्डारीबाट मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकिएको थियो ।

मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए ।