पश्चिमा एजेण्डा भन्नाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, जातीयतामा आधारित समानुपातिक र आरक्षण प्रणालीसँगै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिकतालाई बुझिन्छ । पश्चिमाहरूबाट नीति (संविधान) यथावत राखेर नेता (अनुहार) मात्र बदल्ने र तिनैलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने/गराउने प्रयास हुँदै आएको छ ।
- देवप्रकाश त्रिपाठी
हावामा पानी तत्वको अस्तित्व छ र, पानीमा हावा तत्वको, तैपनि यी दुई तत्व एक अर्काको विकल्प होइनन्, हुन सक्दैनन् । ईश्वरको विकल्प पनि ईश्वर मात्र हुन् भनेजस्तै पानी, हावा र वनस्पतिको विकल्प पनि पानी हावा र वनस्पति नै हुन् । त्यो अलग विषय हो कि हावा, पानी र वनस्पति नभएर पनि ब्रह्माण्डलाई तात्विक असर-प्रभाव पर्दैन । प्राणी भएर र नभएर पनि महाग्रह, ग्रह, उपग्रह तथा समग्र सृष्टि-चक्रलाई असर गर्दैन । सृष्टिको अनुभूत गर्ने तत्व प्राणी हुन्, प्राणी नभएर पनि सृष्टिको अनन्त प्रक्रिया चलिरहन्छ । हावा, पानी र वनस्पति निर्विकल्प हुन पुगेका हाम्रो (प्राणीको) आवश्कताले मात्र हो; हावा, पानी र वनस्पतिले हामीलाई सृष्टितत्व भन्दा स्वतन्त्र या अलग नभएको अनुभूति निरन्तर गराइरहन्छ ।
ईश्वरसिर्जित अर्थात् प्रकृतिनिर्मित तत्वबाहेक मानवनिर्मित हरेक विषय या बस्तुको अविच्छिन्न विकल्प छन् । डुङ्गाको विकल्प पानीजहाज, पानीजहाजको विकल्प हवाइजहाज र दुवैको विकल्प सडक यातायातका साधन तथा उल्लिखित तीनवटै साधन एकअर्काको विकल्प भएजस्तै मानिसले बनाएका संविधान, कानून र नीति-नियमका पनि विकल्प हुन्छन्, त्यसो त हरेक मानिस हरेकका विकल्प हुन्, हुन सक्छन् । कसैले आफूलाई निरपेक्ष ढङ्गले निर्विकल्प ठान्छ भने ती मानिस जति भ्रममा हुटिट्याउँ पनि बाँचिरहेको छैन भनेर बुझ्नु उपयुक्त हुनेछ । खुट्टा माथितिर फर्काएर आकाश थामिरहेको भ्रममा हुटिट्याउँ नामक पञ्क्षीजस्तै भ्रममा बाँच्नै नपाइने भन्नेचाहिँ होइन, तर त्यस्तो सोच भ्रम हो र, केवल भ्रम मात्र हो । सृष्टिमा निरन्तर समस्या पैदा भइरहने र, समाधानका प्रयास निरन्तर चलिरहने वास्तविकतालाई बुझ्न नसक्नेहरू सबै समस्याको जड अरुलाई र समाधानचाहिँ आफूलाई ठानिरहेका हुन्छन् । पौराणिक कालमा कङ्श र उसका क्रियाकलापलाई, रावण र उसको कार्य परिणामलाई, कौरब र तिनका मतिलाई समस्या ठानियो, तिनलाई नास गरेपछि समाधान हुने र, त्यसपछि जगतले त्यस्ता प्रकारका दुःख-कष्ट ब्यहोर्नु नपर्ने पनि ठानियो होला । कृष्णले कङ्श, पाण्डवले कौरव र रामले रावण मारेपछि पनि मानिसका समस्या निरन्तर प्रकट भइरहेका छन् र, समाधानको प्रयास पनि निरन्तर चलिरहेछ ।
पश्चिमाहरूको राजनीतिक, कुटनीतिक एवम् सामाजिक विकासक्रमको सूक्ष्म अध्ययन गरियो भने उनीहरूमा परसेवाको सुन्यता भेटिन्छ । आफूलाई प्राप्त शक्ति, सान, मान र सुविधाको निरन्तरतालाई केन्द्रमा राखेर उनीहरू आफ्नो नीति र कार्यक्रम तर्जुमा गर्ने गर्दछन् । सेवा र सहयोगलाई पनि तिनले लगानीकै रूपमा बुझेका हुन्छन् । पूर्वीय परम्परामा भनिएजस्तो ‘एउटा हातले दिएको अर्को हातलाई थाहा हुनु हुँदैन’ भन्ने मान्यताको अर्थ बुझ्न र, त्यसलाई आत्मसात गर्न उनीहरूलाई सयौँ वर्ष लाग्न सक्छ ।
पश्चिमी दर्शनको जग अध्यात्म नभएर भौतिकता हो । हाम्रा पुर्खाहरू (ऋषिमुनि)ले जीवन र सृष्टिको रहस्यमाथि खोज र अनुसन्धान शुरु गर्दा पश्चिमाहरू अस्तित्वमा भएको प्रमाण भेटिएको छैन । हाम्राले आत्मिक आनन्दको खोजमा अनेकौँ साधना शुरु गरेको हजारौँ वर्षपछि पश्चिममाहरू देहसुखलाई गन्तव्य बनाएर खोज तथा अनुसन्धानमा लागेका हुन् । ज्ञान के हो ? बुद्धि के हो ? समाज के हो ? शिक्षा के हो ? र, अनुभव के हो भन्ने जस्ता प्रश्नमा केन्द्रीत रहेर गरिएका खोज र अनुसन्धानले पश्चिमी जगतलाई देहसुखको उत्कर्षमा पुऱ्याएको छ । दैहिक सुख परम या चरम आनन्दको विषय नभएको महसूस गर्न थालेपछि मात्र उनीहरू पूर्व फर्किन थालेका छन् । आत्मिक सुख सन्तुष्टिका माध्यमबाट परमानन्द प्राप्तिको खोज गर्न उनीहरू पूर्व नफर्किइकन सम्भव पनि देखिँदैन ।
भौतिकवादी सोच र देहसुखको संस्कारमा विकसित पश्चिमा राजनीति आत्मकेन्द्रीत छ, आफ्नो खुशीलाई सर्वोपरी ठान्ने उनीहरू लामो द्वन्द्वको अवस्थाबाट गुज्रँदै पुनर्जागरणको युगमा प्रवेश भएयता देहसुखको खोजमा अविच्छिन्न ढङ्गले लागिपरेका छन् र, देहसुखलाई अभीष्ट ठान्ने मानिसको प्राथमिकतामा सधैं आफू मात्र पर्दछन् । पश्चिमाहरूको राजनीतिक, कुटनीतिक एवम् सामाजिक विकासक्रमको सूक्ष्म अध्ययन गरियो भने उनीहरूमा परसेवाको सुन्यता भेटिन्छ । आफूलाई प्राप्त शक्ति, सान, मान र सुविधाको निरन्तरतालाई केन्द्रमा राखेर उनीहरू आफ्नो नीति र कार्यक्रम तर्जुमा गर्ने गर्दछन् । सेवा र सहयोगलाई पनि तिनले लगानीकै रूपमा बुझेका हुन्छन् । पूर्वीय परम्परामा भनिएजस्तो ‘एउटा हातले दिएको अर्को हातलाई थाहा हुनु हुँदैन’ भन्ने मान्यताको अर्थ बुझ्न र, त्यसलाई आत्मसात गर्न उनीहरूलाई सयौँ वर्ष लाग्न सक्छ । उनीहरूले अन्य मुलुकको राजनीति, न्याय, प्रशासन र आर्थिक नीति तथा व्यवहारमा अभिरुचि लिनुको मूल कारण पनि आफ्नै सान, मान, शक्ति र सुविधाको निरन्तरताका निम्ति हो ।
दशकौँदेखि एकै प्रकारका अनुहारहरूलाई नेपाली राजनीतिले ब्यहोर्नु परिरहेको छ । हामीलाई उपलब्ध नेताहरूबाट देशको समस्या सम्बोधन हुन नसक्ने प्रमाणित भइसकेकोले कतिपय मानिस युवाको हातमा राजनीति पुग्नुपर्छ भन्ने धारणा राख्दछन् । र, त्यस्तो अवधारणा राख्ने मानिसहरू विभिन्न आकारप्रकारका झिल्के क्रियाकलापलाई नै वैकल्पिक शक्ति ठानेर तिनको वरिपरि चक्कर कट्दैछन् ।
एक समय जापान उनीहरूका निम्ति चुनौती बनेको थियो, दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमानवीय हमला गरेर संसारलाई आतङ्कित तुल्याउँदै आफूलाई महाशक्तिका रूपमा स्थापित गरेसँगै तिनकै योजनामा संसारकै पुरानो एकतावद्ध देश कोरियाले विभाजित भइदिनु पऱ्यो । फेरि जापानलाई शक्तिराष्ट्रका रूपमा उठ्न नदिने उद्देश्यले निगरानी राख्नका निम्ति मात्र कोरियालाई विभाजित गरेर आफ्नो काबुमा राख्नु परेको होइन, भविष्यको महाशक्ति राष्ट्र चीनमाथि आँखा लगाइरहनका निम्ति पनि कोरियाली भूमि उनीहरूलाई आवश्यक थियो । पाँच सय वर्ष पुरानो राजतन्त्र उन्मूलन र, कोरियाको इसाइकरणदेखि विभाजनसम्मका घटनाक्रमहरूको अध्ययन गर्दा एउटा मुलुकमा बाह्यशक्तिको रणनीतिक अभिरुचि बढेको अवस्थामा सम्वद्ध मुलुकले कुन हदसम्मको सास्ती र हैरानी ब्यहोनुपर्ने हुन्छ भन्ने ज्ञान प्राप्त हुन सक्छ । त्यसताक (सन् १९४५ तिर) कोरियाप्रति जुन दृष्टिकोण बनेको थियो, चीन र भारत बलवान हुँदै जाँदा नेपालप्रति पनि पश्चिमाहरूको त्यस्तै रणनीतिक दृष्टि पर्दैछ । नेपाललाई मुकाम बनाउँदै भारतलाई साथ लिएर चीनलाई ध्वङ्श तुल्याउने र, चीन कमजोर भएपछि फर्कनुअघि भारतलाई पनि अनेक टुक्रामा विभाजित गर्ने रणनीतिक योजना आमनेपालीको जानकारीमा आइसकेको छ ।
नेपाललाई काबुमा लिन राज्य कमजोर तुल्याउनुपर्ने अनिवार्यता थियो । जातीय एकता र सामाजिक सद्भावको अन्त्य, धर्मसापेक्षता र राजसंस्थाको विस्थापन तथा सार्वभौमिकताको विभाजन गरेर मात्र नेपालीको एकता एवम् राज्यसंयन्त्रलाई रुग्ण तुल्याउन सकिन्छ भन्ने विश्वास र विश्लेषणका आधारमा पश्चिमाहरूले नेपालमा काम गरे, सफलता पनि पाए । आफ्नै राज्यसंयन्त्र, राष्ट्रियता र राष्ट्रिय एकता कमजोर बन्ने-बनाउने कुरामा राजा कहिल्यै सहमत हुन सक्दैनथे । कुनै पनि स्तरको अनुचित लाभ लिएर राजा सहमतिमा आउन नसक्ने देखिएपछि राजसंस्थाको विस्थापन उनीहरूको प्रथम प्राथमिकतामा परेको थियो । क्रान्तिकारिताको ढक्कन लगाएर उनीहरूले आफ्नो लक्ष्य भेदन गरेका हुन् । राजसंस्था पुनर्स्थापनाको सम्भावनालाई असम्भव तुल्याउन सङ्घीयता, जातिवाद, क्षेत्रियतावाद र धर्मनिरपेक्षतालाई वैधानिकता दिइएको हो । र, पश्चिमाहरू उल्लिखित ‘उपलब्धि’हरूको रक्षाका प्रति सधैं सचेत र सम्वेदनशील देखिन्छन् । वर्तमान संविधान (२०७२) लाई जस्ताको त्यस्तै रक्षाका निम्ति उनीहरू जेसुकै गर्न तत्पर र अग्रसर छन् ।
सृष्टिमा निरन्तर समस्या पैदा भइरहने र, समाधानका प्रयास निरन्तर चलिरहने वास्तविकतालाई बुझ्न नसक्नेहरू सबै समस्याको जड अरुलाई र समाधानचाहिँ आफूलाई ठानिरहेका हुन्छन् । पौराणिक कालमा कङ्श र उसका क्रियाकलापलाई, रावण र उसको कार्य परिणामलाई, कौरब र तिनका मतिलाई समस्या ठानियो, तिनलाई नास गरेपछि समाधान हुने र, त्यसपछि जगतले त्यस्ता प्रकारका दुःख-कष्ट ब्यहोर्नु नपर्ने पनि ठानियो होला । कृष्णले कङ्श, पाण्डवले कौरव र रामले रावण मारेपछि पनि मानिसका समस्या निरन्तर प्रकट भइरहेका छन् र, समाधानको प्रयास पनि निरन्तर चलिरहेछ ।
पश्चिमाहरू कुनै पनि राजनीतिक शक्ति र नेतृत्वको स्थायित्वमा विश्वस्त हुँदैनन् । हाम्रो जस्तो विपन्न मुलुकको राजनीति उतारचढावपूर्ण हुने हुनाले अनुकुल संस्थापनको रक्षा गर्दै आफ्नै अनुकुल विकल्पको विकासमा उनीहरू सचेत ढङ्गले लागिरहेका हुन्छन् । फिलिपिन्सका तानाशाह मार्कोश पश्चिमासमर्थक थिए, उनको विकल्प पनि पश्चिमा आफैंले खडा गरेका हुन् । नेपालका शेरबहादुर देउवा पश्चिमको वफादारका रूपमा चिनिन्छन्, तर उनको विकल्प बनेर काङ्ग्रेसमा प्रकट भएकाहरू पनि पश्चिमाकै ‘प्रोत्साहन’मा हुर्किइरहेका छन् । जिम्बाबेका वामपन्थी नेता रोबर्ट मुगावे पनि पश्चिमाहरूबाट प्रयोग-उपयोग हुँदै आए, अस्ताउँदो स्थिति प्रारम्भ भएसँगै मुगावेको विकल्प पनि तिनैले तयार गरेका हुन् जसले मुगावेलाई सहयोग गर्दै आएका थिए । अफगानिस्तान, इरान, इजिप्ट र लिबियालगायत मुलुकका घटनाले पनि पश्चिमाहरू संस्थापन र विकल्प दुवै आफ्नो अनुकुल बनाउन चाहन्छन् भन्ने पुष्टि गर्दछ ।
नेपालमा पश्चिमाको ‘बटमलाइन’ धर्मनिरपेक्षता, जातियता र क्षेत्रियतावादसहितको सङ्घीय गणतन्त्र हो । यो अवधारणाले नेपाली राष्ट्रियता, राष्ट्रिय एकता र राज्य (State) कमजोर बनाउन प्राभावकारी भूमिका निर्वाह गरिरहेको छ । यी अन्तरवस्तुसहितको संविधानको रक्षा गर्नु पश्चिमाहरूको अभीष्ट नै हो र, उनीहरू धर्मसापेक्षता, एकीकृत सार्वभौमिकता, गैह्रजातिवाद तथा निष्पक्ष र सर्वस्वीकार्य राष्ट्रप्रमुखसहितको राज्य प्रणालीका पक्षमा उभिएको शक्ति विकल्पका रूपमा स्थापित र विकशित नहोस् भन्ने चाहन्छन् । त्यसैले उनीहरूबाट नीति (संविधान) यथावत राखेर नेता (अनुहार) मात्र बदल्ने र तिनैलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने-गराउने प्रयास हुँदै आएको छ । पश्चिमा एजेण्डा भन्नाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, जातीयतामा आधारित समानुपातिक र आरक्षण प्रणालीसँगै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिकतालाई बुझिन्छ । जो व्यक्ति, समूह, दल या अभियानले उल्लिखित एजेण्डासहित आफूलाई अघिसारेका छन् ती आमूल परिवर्तनकारी नभएर वैकल्पिक शक्तिको झाँसा दिएर जनतालाई पुनः भुलभुलैयामा राख्न चाहनेहरू भएको बुझ्नुपर्छ । वर्तमान संविधान (२०७२) का अन्तरवस्तु यथावत राख्न चाहनेहरू या प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मूख्यमन्त्रीको पक्षमा उभिनेहरू शेरबहादुर, माधव, प्रचण्ड र केपी ओलीहरूको विकल्प बन्न सक्लान्, तर उनीहरू आमूल परिवर्तनको नेतृत्व गर्ने अभीष्टका विकल्प होइनन्, बरु यिनीहरूले वास्तविक वैकल्पिक शक्ति उदयको मार्गमा अवरोध पैदा गरिरहेका हुन्छन् । दशकौँदेखि एकै प्रकारका अनुहारहरूलाई नेपाली राजनीतिले ब्यहोर्नु परिरहेको छ । हामीलाई उपलब्ध नेताहरूबाट देशको समस्या सम्बोधन हुन नसक्ने प्रमाणित भइसकेकोले कतिपय मानिस युवाको हातमा राजनीति पुग्नुपर्छ भन्ने धारणा राख्दछन् । र, त्यस्तो अवधारणा राख्ने मानिसहरू विभिन्न आकारप्रकारका झिल्के क्रियाकलापलाई नै वैकल्पिक शक्ति ठानेर तिनको वरिपरि चक्कर कट्दैछन् ।
पाँच सय वर्ष पुरानो राजतन्त्र उन्मूलन र, कोरियाको इसाइकरणदेखि विभाजनसम्मका घटनाक्रमहरूको अध्ययन गर्दा एउटा मुलुकमा बाह्यशक्तिको रणनीतिक अभिरुचि बढेको अवस्थामा सम्वद्ध मुलुकले कुन हदसम्मको सास्ती र हैरानी ब्यहोनुपर्ने हुन्छ भन्ने ज्ञान प्राप्त हुन सक्छ । त्यसताक (सन् १९४५ तिर) कोरियाप्रति जुन दृष्टिकोण बनेको थियो, चीन र भारत बलवान हुँदै जाँदा नेपालप्रति पनि पश्चिमाहरूको त्यस्तै रणनीतिक दृष्टि पर्दैछ ।
नेपालमा परिवर्तन अपरिहार्य हुँदै गएको छ । शेरबहादुरको ठाउँमा आरजु या धनराज पुग्नु नै विकल्प हो कि, केपीको स्थानमा विष्णु या ईश्वर पुग्नुलाई विकल्प मान्ने कि, प्रचण्डको पोजिसनमा वर्षमान या जनार्दनहरू पुग्नुलाई विकल्प ठान्ने ? उनीहरू पनि एक प्रकारका विकल्प नै हुन् । तर व्यक्तिको विकल्प खोज्ने कि, दलको विकल्प खोज्ने या संविधानकै विकल्प खोज्ने भन्ने प्रश्नमा स्पष्ट नभइकन खोजिने विकल्प एउटा भ्रम मात्र हो । त्यसैले कस्तो व्यक्ति, समूह या शक्तिलाई विकल्पका रूपमा स्वीकार गर्ने भन्ने निर्णयमा पुग्नुअघि आफूले चाहेको विकल्पबारे स्पष्ट हुन अत्यावश्यक हुन्छ ।
चुनावी प्रक्रियाबाट काङ्ग्रेस, कम्युनिष्ट, राप्रपा माओवादी र क्षेत्रियतावादी समूहको विकल्प खडा हुन सक्छ, या उनीहरू पनि एकअर्काका विकल्प हुन् । तर संविधान निर्माणमा संलग्न उल्लिखित कुनै पनि समूहले आमूल परिवर्तनको पक्षमा वकालत गरेका छैनन् । केपी ओली सङ्घीयता र जातिवादका बारेमा स्पष्ट दृष्टिकोण राख्छन्, धर्मसापेक्षताको अवधारणालाई गलत ठान्ने गल्ती पनि केपीबाट भइरहेको छैन । त्यस्तै राप्रपाले चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिकतासहितको राजसंस्था, धर्मसापेक्षता र सङ्घीयता खारेजीको एजेण्डा अघि सारिरहेको छ । पूरा राज्यसंयन्त्र, सेना, प्रहरी, प्रशासन, राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय सम्पर्क-सम्बन्ध मजबूत भएका बेला भएको राजसंस्था र हिन्दूराष्ट्र जोगाउन नसक्नेहरूले गएको राजसंस्था र हिन्दूराष्ट्र पुनर्वहाली गर्ने गफ दिँदा पनि कतिपय मानिस पत्याएर तिनकै पछि लागेको देखिन्छ । काङ्ग्रेस, माओवादी र क्षेत्रियतावादी समूहहरूले विद्यमान संविधानका अन्तरवस्तुहरूको शतप्रतिशत स्वामित्व लिइरहेका छन् ।
वर्तमान संविधान (२०७२) का अन्तरवस्तु यथावत राख्न चाहनेहरू या प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र मूख्यमन्त्रीको पक्षमा उभिनेहरू शेरबहादुर, माधव, प्रचण्ड र केपी ओलीहरूको विकल्प बन्न सक्लान्, तर उनीहरू आमूल परिवर्तनको नेतृत्व गर्ने अभीष्टका विकल्प होइनन्, बरु यिनीहरूले वास्तविक वैकल्पिक शक्ति उदयको मार्गमा अवरोध पैदा गरिरहेका हुन्छन् ।
फराकिला सडक, पिउने पानी, व्यवस्थित ढल, सुशासन, भ्रष्टाचारमूक्त प्रशासन, पर्याप्त विद्युतीय शक्ति, ट्राफिक व्यवस्थापन, सेवा-सुविधासम्पन्न अस्पताल र शिक्षालय अत्यावश्यकीय वस्तुमा पर्दछन्, तर यी राजनीतिक एजेण्डा होइनन्, कार्यक्रमले समेट्ने कुराहरू हुन् । राजनीतिको मूल लक्ष्य समृद्धि र विकास हो । जनताको खुशी नै विकास र समृद्धि भएको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । स्वच्छ हावामा श्वास लिन पाउँदा, पर्यावरण स्वस्थ र मनमोहक हुँदा, नदीनाला र पहाड आफ्नै मौलिकतामा रहेको देख्दा, पशुपञ्क्षी तथा किट-पतङ्ग रमाएर बाँचेको देख्न पाउँदा, सूरक्षित सडकमा यात्रा गर्न र निर्धारित समयमै गन्तव्यमा पुग्न पाउने अवस्था हुँदा, कर्मचारीको कार्य-व्यवहार सकारात्मक भइदिँदा आफ्नो धर्म-संस्कृति संरक्षित रहँदा, राष्ट्रियता र राष्ट्रिय एकता सुदृढ हुँदा, सार्वभौमिकता सबल र सम्मानित हुँदा, रोजगारीका अवसर यत्रतत्र हुँदा, भ्रष्टाचारमूक्त शासन-प्रशासन र सुशासनको सुनिश्चितता हुँदा, सुविधासम्पन्न र सूरक्षित महलमा बसोबास गर्न पाउँदा, आम्दानीका श्रोतहरू सूरक्षित हुँदा, सूरक्षा र न्यायको सुनिश्चितता हुँदा, स्वास्थ्योपचार तथा शिक्षा सुलभ भइदिँदा, मनोरञ्जनका साधनहरूको उपलब्धता हुँदा र बजार भाउ नियन्त्रित भइ भान्सा सस्तो र गुणस्तरीय हुँदा जनता खुशी हुन्छन्, त्यसैले जनताको खुशी नै विकास हो ।
राजनीतिक एजेण्डाबिना कोही पनि व्यक्ति या समूह विकल्प बन्न सक्दैनन् । वर्तमानमा उदय भएका व्यक्ति र समूहमध्ये वास्तवमा विकल्प कुनचाहिँ हो त्यसको पहिचान गर्ने जिम्मेवारी सचेत नागरिक समुदायकै हो, जय मातृभूमि !
प्रतिक्रिया