को हुन् बौद्धिक सुन्दरी डा. शरिसा ?

को हुन् बौद्धिक सुन्दरी डा. शरिसा ?


यस वर्षको ‘मिस नेपाल प्रतियोगिता-२०७९’ मा मिस नेपाल अर्थ र मिस ट्यालेन्टको उपाधि हासिल गरेर चर्चा कमाउन सफल सुन्दरी डा. सरीशा श्रेष्ठ वास्तवमा यस वर्षको ब्युटी कन्टेस्टकी प्रमुख आकर्षण बनिन् । सुमेरु सिटी हस्पिटल पुल्चोकमा कार्यरत सरीशा एक स्वतन्त्र मोडलका साथै क्यान्सर रोगसम्बन्धी जनचेतना जगाउने अभियन्ता पनि हुन् । विभिन्न सामाजिक गतिविधिहरूमा आफूलाई सक्रिय राख्ने सरीशा सहयात्री संस्थाका अध्यक्षसमेत हुन् ।

नेपालमा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताको अनुभवप्राप्त डा. सरीशा मिस नेवा-२०७५ की पहिलो रनर-अप पनि हुन् भने मिस रोट्र्याक्ट र मिस फेसन आइकनकी शीर्ष उपाधि विजेता पनि हुन् । अझ रोचक त के भने ‘विइङ ह्युमन’की नेपाली मोडल डा. सरीशा ललितपुरबाट नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य हुनुका साथै क्षेत्रिय प्रतिनिधि पनि हुन् ।

समाजसेवा, मोडलिङ, राजनीतिका साथै चिकित्सा (मेडिकल डक्टर) जस्ता विशिष्ट विधामा एकसाथ सक्रियता दर्शाइरहेकी सरीशाको बौद्धिकताले उनको उज्वल भविष्य दर्शाइरहेको सहजै अनुमान गर्न सकिन्छ । सरीशा जस्ती बौद्धिक सुन्दरीको उज्वल भविष्यको लागि कामना गरौँ ।

  • नवीन उप्रेती