लामो विवादमा फसेको प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारी अन्ततः विभाजित भएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजित भएको हो ।
‘अध्यक्षज्यूको समुहले विधानविपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौँ, तर उहाँले कुनै अनुरोध मान्नु भएन र हामीले यो कदम चाल्नुपऱ्यो’, असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई विधानबमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माणगरेका छौँ ।’
यादवका अनुसार सो आयोजक समितिले संगठनलाई विधानबमोजिम काम कारवाही गराउने र सम्मेलनको तयारी गर्नेछ ।
वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको यादवले दाबी गरेका छन् ।
प्रतिक्रिया