स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला

स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला


स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखि काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

बनेपामा मेयर उम्मेदवार रहेका राजानन्द माण्डपका अनुसार ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।