बस दुर्घटनामा ३१ जना घाइते

बस दुर्घटनामा ३१ जना घाइते


  • विकाश रौनियार, धादिङ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ चिरौँदीमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटका लागि छुटेकको प्रदेश ३–०१–००५ ख–९७२९ नम्बरको बस गएराति दुर्घटनामा परेको हो ।

बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

खाल्डाखुल्डीमा परेको र घुम्ती सडकका कारण दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

सात जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाइको प्रहरीले जानकारी दिएको छ ।