पदाधिकारी चयनलगायतमा छलफल गर्न माओवादी केन्द्रिय समिति बैठक बस्दै

पदाधिकारी चयनलगायतमा छलफल गर्न माओवादी केन्द्रिय समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रिय समितिको बैठक आजबाट सुरु हुँदैछ ।

प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेबाट सुरु हुने बैठकले स्थानीय तहको निर्वाचनको समीक्षादेखि संघीय निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्नेछ ।

गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजबाट सुरु हुने केन्द्रिय समिति बैठकमा सो विषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रिय सदस्य रञ्जित तामाङले जानकारी दिएका छन् ।