गठबन्धन गरेर चुनावमा जान महन्थलाई ओलीको प्रस्ताव !

गठबन्धन गरेर चुनावमा जान महन्थलाई ओलीको प्रस्ताव !


file photo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसमक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौंमा जारी केन्द्रिय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन् ।

‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’, ठाकुरको भनाइ उद्धृत गर्दै एक नेताले भने । उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो, सो भने खुलाएका छैनन् ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रिय समितिलाई पुर्णता दिने, संगठन सुदृढीकरणदेखि आगमी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रिय कार्यकारिणी बैठक जारी छ ।