हात्तीवनको अपार्टमेन्टमा तत्कालीन नेकपाका पाँच शीर्ष नेताको जमघट !

हात्तीवनको अपार्टमेन्टमा तत्कालीन नेकपाका पाँच शीर्ष नेताको जमघट !


तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।

तत्कालीन नेकपाका सचिवालय सदस्यहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठका बीच आइतबार भेटवार्ता भएको हो ।

हात्तीवनस्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको सुत्रको भनाइ छ । प्रचण्डपुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सार्वजनिक गरेकी हुन् ।

त्यसक्रममा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनबारे छलफल भएको बताइएको छ । नेताहरुबीच यसप्रकारको छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको बुझिएको छ ।