नेपाल इको प्यानलको कर्पोरेट कार्यालय सल्लाघारीमा

नेपाल इको प्यानलको कर्पोरेट कार्यालय सल्लाघारीमा


इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ ।

भक्तपुरको झौखेलमा कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुरकै सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापना गरेको छ ।

जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल पिपलबोट नजिकै कारखाना रहेको नेपाल इको प्यानलले भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालय सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालको उल्टो दिशामा च्वंगा गणेश मन्दिर जाने पूर्वतिरको बाटोमा रहेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले ग्राहकको सहजताका लागि कर्पोरेट कार्यालय सल्लाघारीमा स्थापना गरी सेवा सुरु गरेको जनाए ।

सल्लाघारीमा कर्पोरेट कार्यालय स्थापनापछि काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौतीलगायतका ठाउँंहरुबाट आउने ग्राहकलाई सहज हुने विश्वास इन्जिनियर दुवालले दर्शाए । अरनिको राजमार्गबाट कर्पोरेट कार्यालय नजिकै रहेको कारण ग्राहकलाई सुविधा मिल्ने उनको विश्वास छ । कारखाना भने त्यहाँंबाट झण्डै पाँंच किलोमिटर टाढा पर्छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको प्रयोगबाट तीव्र निर्माण सम्भव हुन्छ । कारखानामा पहिला नै बनेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो ।