लैनचौर दूतावासभित्र भारतीय सुरक्षाकर्मीद्वारा आत्महत्या

लैनचौर दूतावासभित्र भारतीय सुरक्षाकर्मीद्वारा आत्महत्या


काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र एक सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसरभित्र आत्महत्या गरेका हुन् ।

सिंहले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शवको पोस्टमार्टम महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भएको छ ।