‘आइएमई पे’ र ‘स्मार्ट क्यू आर’बीच साझेदारी

‘आइएमई पे’ र ‘स्मार्ट क्यू आर’बीच साझेदारी


बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा रु. २५०० सम्मको छुट

आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवर्द्धित आइएमई पे र एसटीसीद्वारा संचालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा ‘आइएमई पे एप’मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्नेछन् ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । यस योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास कम्पनीहरूले राखेका छन् ।

साझेदारी अवधिभर निश्चित नियम र शर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम रू. २५०० सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

के हो आइएमई पे ?

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा ‘क्यूआर’ स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।