सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


काठमाडौंको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१२ सोल्टीमोडमा प्रदेश३–०२–००७प ९१९४ नंको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय वुद्ध गोलेको शनिबार मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।