बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत ‘सोझा सिधाको’ सार्वजनिक

बैंशको उन्मादमा केन्द्रित लोक दोहोरी गीत ‘सोझा सिधाको’ सार्वजनिक


सोह्र सत्र बैंशको उन्मादलाई केन्द्रित गरेर भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्वजनिक भएको छ । अरुणा गिरी र पासाङ्ग शेर्पाको प्रस्तुतिमा रहेको ‘सोझा सिधाको’ बोलको उक्त गीतमा लय अरुणा गिरीको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा पासाङ्ग शेर्पा र अरुणा गिरीको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतका प्रस्तुतकर्ता पासाङ्गले केहि समय अगाडी मात्रै सारै नै रमाइलो लाको छ, गाईको गोबर, लगाएतका गीत बजारमा ल्याएका थिए । हाल प्रबासमा रहेका उनले यी गीतहरु बाहेक अन्य गीतहरु पनि बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । स्थायी घर दोलखा भएका पासाङ्गले अन्य गीतहरु पनि बजारमा आउन बाँकी रहेको जानकारी गराएका छन् ।

सोझा सिधाको बोलको गीतको म्युजिक भिडियोमा मोडलिङ्ग, कोरिग्राफी, र म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त देखिएका कलाकार राज तामाङ्ग प्रकाश, आयुष्मा कार्की र दिपा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन पनि उनै प्रतिभावान कलाकार राज तामाङ्ग प्रकाशले नै गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र समुह साथै सम्पादन मिन रावलले गरेका छन् ।