लिउ जियानचाओ र प्रचण्डबीच भेटघाट

लिउ जियानचाओ र प्रचण्डबीच भेटघाट


  • तस्बिर रासस

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका सिपिसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न प्रचण्डनिवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी रहेका थिए ।

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।