विभाजनतर्फ जसपा, बाबुराम समूहको भेला जारी

विभाजनतर्फ जसपा, बाबुराम समूहको भेला जारी


जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजनतर्फ अघिबढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरी पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु भेलामा पुग्ने क्रम जारी छ ।