नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित


नेपालमा मंगलबार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार कसैको मृत्यु भएको छैन भने थप ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।