पार्टीलाई एकताबद्ध बनाउन उपेन्द्र पक्षले पहल नगरेको बाबुरामको आरोप

पार्टीलाई एकताबद्ध बनाउन उपेन्द्र पक्षले पहल नगरेको बाबुरामको आरोप


जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष पदबाट निष्काशनमा परेका बाबुराम भट्टराइले आफूहरुका सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले पार्टी नेताहलाई पार्टी पुनर्गठनका लागि अपिल गरेका छन् ।

उनले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताब्द्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक, अराजकनीतिक र अनैतिक रुपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरेको घोषणाको भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरेको जनाएका छन् ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उनले दाबी गरेका छन् ।