‘नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार’ : भारतीय विदेशमन्त्री एस जयशंकर

‘नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार’ : भारतीय विदेशमन्त्री एस जयशंकर


भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन् ।

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।/