प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष- ‘तालिका गडबड हुनु खासमा अपमान होइन’

प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष- ‘तालिका गडबड हुनु खासमा अपमान होइन’


‘पूर्वप्रम पुष्पकमल दाहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन’

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् ।

उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् ।

प्रचण्डको भारत भ्रमण असफल भएको बास्कोटाको दाबी छ ।

‘उत्तरी छिमेकीसँग डीनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पूर्वप्रम पुष्पकमल दाहालले पाइजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालिका गडबड हुनु खासमा अपमान होइन !’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लेखेका छन् ।

भारतको तीनदिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए ।

नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए ।