प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन


प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा र्‍याली निकालिएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

यसै क्रममा किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ । प्रदेश १ को नामकन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ ।