आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी

आगामी निर्वाचनबाट देशको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए ।

प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको बताए ।