गाई चिन्ह सुनिश्चित भएपछि थापालाई राहत !

गाई चिन्ह सुनिश्चित भएपछि थापालाई राहत !


राप्रपा नेपाललाई ‘गाई’ चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले न्याय प्रदान गरेको भन्दै सो पार्टीका अध्यक्ष कमल थापाले खुशी व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले गाई चिन्ह दिन नमिल्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो । अदालतको आदेशपछि कमल थापाले अब राप्रपा नेपाललाई ‘गाई’ चिन्ह पाउने बाटो खुलेको र राप्रपा नेपालले न्याय पाएको प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालत र माननीय न्यायाधीशहरुमा हार्दिक आभार । व्यक्तिगतरुपमा मैले राहत पाएको छु, अनर्गल आरोपबाट मुक्ति पाएको छु। विद्वान वकिलहरु डा. सुरेन्द्र भण्डारी, डा. चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई, नरप्रसाद थापा र भुपेन्द्र पोखरेलप्रति कृतज्ञ छु । निर्वाचन आयोगलाई पनि धन्यवाद छ ।’