करिव १७ क्विन्टल ‘काइनेटिक’ ढुङ्गासहित एक जना पक्राउ

करिव १७ क्विन्टल ‘काइनेटिक’ ढुङ्गासहित एक जना पक्राउ


वीरेन्द्रनगर नगरपालिका-११ समावेशी टोल, सुर्खेतबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काइनेटिक ढुङ्गा)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दीपक बहादुर बस्नेत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

अवैध उत्खनन गरी दीपकको घरमा लुकाइ राखिएको उक्त वस्तु कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।