तोलामा दुई सयले सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

तोलामा दुई सयले सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो


नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो।