लिङ्देनको सुझाव- वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौँ

लिङ्देनको सुझाव- वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौँ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् ।

‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन् ।

गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उनले बताएका छन् ।