सांसद सिंहले प्रतिनिधिसभामा दर्शाए मुलुकको भयावह चित्र

सांसद सिंहले प्रतिनिधिसभामा दर्शाए मुलुकको भयावह चित्र


सीमित व्यावसायिक घरानाले खर्बौं कर्जा हत्याएको खुलासा


नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले देशको मौजुदा अर्थतन्त्रको बारेमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्तव्य दिँदै सांसद सिंहले मुलुकमा कूल मौजाद पचास खर्ब रहेको, जसमध्ये ४७ खर्ब ऋण प्रवाह भएको र उक्त ऋण लिनेको संख्या लगभग अठार लाख भए पनि तीस खर्ब रुपैयाँ केवल सय जना व्यक्तिले हत्याएको औंल्याएका छन् ।

विभिन्न व्यवसायिक घरानाहरुको नाम नै तोकेर सांसद सिंहले ३० खर्ब रुपैयाँ केवल डेढ दर्जन व्यवसायीको हातमा पुगेको खुलासा गरेका छन् ।

सांसद सिंहका अनुसार जगदम्बा समूह, ज्योति समूह, सिजी ग्रुप, आईएमई ग्रुप, विशाल ग्रुप, गोल्छा समूह, दुगड समूह, मुरार्का ग्रुप, गोल्यान समूह, यति समूह, बद्ध एयर, संघाइ ग्रुप, पञ्चकन्या समूह, गग्नि ग्रुप, भाटभटेनी ग्रुप, सम्राट ग्रुप, लक्ष्मी समूह, लक्की ग्रुप र ह्याचरी ग्रुपले उल्लिखित रकम हत्याएका छन् भने यीमध्येका कुनैले त एक्लैले साठी अर्बसम्म ऋणको रुपमा मुलुकको धन कब्जा गरेको तथ्यांक छ ।

मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिन लागेको उल्लेख गर्दै सांसद सिंहले यही अनुपातमा डलर सञ्चिति घट्दै गयो भने देशको आर्थिक अवस्था अकल्पनीय र भयावह हुने जिकिर गरेका छन् । आयात र ब्यापार घाटा बढ्दै जाने हालको अवस्था तथा अवनतिको वर्तमान रफ्तार नरोकिए अबको दुई वर्षमा नेपाल विश्वमै खराब अर्थतन्त्र भएको मुलुकको सूचीमा पर्ने नेता सिंहको आँकलन छ ।

हेरौँ सांसद सिंहले संसदमा दिएको वक्तव्य जस्ताको तस्तै-