आइएमई जनरल इन्स्योरेन्स लि.को सिइओमा श्रेष्ठ पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लि.को सिइओमा श्रेष्ठ पुनः नियुक्त


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको गत आषाढ ७ गतेको १२०औँ बैठकले निर्णय गरेबमोजिम साउन २३ देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि श्रेष्ठलाई पुनः नियुक्त गरिएको हो ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गरेको सम्बद्ध पक्षको भनाइ छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा संचालक समितिका अध्यक्ष हेमराज ढकालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् भने कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।