जनकपुरको रोशन कन्स्ट्रक्सन कम्पनीलाई निधिसम्वद्ध मानिन्छ र, कम्पनीमा निधिका स्वकीय सचिव सुनिल झाको नाममा समेत दश प्रतिशत शेयर रहेको छ । सञ्जय गुप्ताको मूख्य स्वामित्व रहेको उक्त कम्पनीलाई ठेक्का दिलाइदिन निधिले देउवासँग सहयोग मागेको बुझिएको छ ।
जनकपुरका काङ्ग्रेस नेता विमलेन्द्र निधिसँग एक समय बिग्रिएको सम्बन्ध सुधार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष तत्परता लिनुभएको छ । कुराकानीका क्रममा कसैले कुनै सन्दर्भमा निधिको नाम लिएमा देउवाले ‘विमल निकै अप्ठ्यारो स्थितिमा छ, उसलाई सहयोग गर्नुपर्छ’ भन्ने गर्नुभएको अहिले एक महिना नाघिसकेको छ । हालै करिब दश अर्ब रुपैयाँबराबरको निर्माण ठेक्का नियम मिचेर विमलेन्द्रसम्वद्ध कम्पनीलाई उपलब्ध गराएपछि पनि देउवाले ‘विमल निकै अप्ठ्यारोमा छ’ भन्ने जवाफ दिने गर्नुभएको छ ।
प्राप्त जानकारीअनुसार काभ्रेको पनौतीमा नेपाल प्रहरीको तालिम केन्द्र भवन निर्माण हुँदैछ र, उक्त तालिम केन्द्र निर्माणका निम्ति भारत सरकारले दश अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । तालिम केन्द्र निर्माणका लागि नेपालका ख्यातिप्राप्त कम्पनीहरू शर्मा कन्स्ट्रक्सन र रसुवा कन्स्ट्रक्सनले पनि प्रतिष्पर्धामा भाग लिएको थियो । रमेश शर्मा र मोहन आचार्यको स्वामित्वका कम्पनीहरूले कुनै प्रतिष्पर्धामा सहभागिता जनाए भने योग्यता र क्षमताअनुसार नै तिनले ठेक्का पाउने सम्भावना रहने गर्दछ । प्रहरीको तालिम केन्द्र निर्माण ठेक्कामा निर्धारित शर्त र योग्यताले पनि शर्मा कन्स्ट्रक्सन या रसुवा कन्स्ट्रक्सन कम्पनीले नै बाजी मार्ने स्पष्ट सङ्केत दिइसकेको थियो । नियमानुसार निर्णय गर्दा शर्मा या रसुवाले ठेक्का पाउने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले हस्तक्षेप गरी विमलेन्द्र निधिसम्वद्ध रोशन कन्स्ट्रक्सन कम्पनीलाई तालिम केन्द्र निर्माणको ठेक्का दिइएको छ ।
जनकपुरको रोशन कन्स्ट्रक्सन कम्पनीलाई निधिसम्वद्ध मानिन्छ र, कम्पनीमा निधिका स्वकीय सचिव सुनिल झाको नाममा समेत दश प्रतिशत शेयर रहेको छ । सञ्जय गुप्ताको मूख्य स्वामित्व रहेको उक्त कम्पनीलाई ठेक्का दिलाइदिन निधिले देउवासँग सहयोग मागेको बुझिएको छ ।
त्यसरी नियमविपरीत रोशन कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिएपछि ख्यातिप्राप्त प्रतिष्पर्धी ठेकेदार कम्पनीका मालिकहरू प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पुगी विरोध र सहमति जनाएका थिए । प्रतिनिधिमण्डलमा रमेश शर्मा र मोहन आचार्य पनि थिए । त्यस अवसरमा पनि देउवाले ‘विमलले दु:ख पाएकोले उसलाई सहयोग गर्नु परेको’ जवाफ दिनुभएको थियो ।
ज्ञातव्य छ, गत महाधिवेशनभन्दा अगाडिसम्म देउवा र निधिबीचको सम्बन्ध सङ्कटग्रस्त अवस्थामा पुगेको थियो । महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि दुईबीचको सम्बन्ध सुधारोन्मुख भएको थियो ।
प्रतिक्रिया