इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु


इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीका कारण चर्चभित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आगलागीमा परी दर्जनौँ व्यक्ति घाइते भएका बताइएको छ । आगलागी नियन्त्रणमा आइसकेको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अर्पण गरेका छन् ।