दुईपक्षीय सम्बन्ध बिस्तार गर्न उत्तर कोरियाली नेता किमलाई पुटिनको पत्र

दुईपक्षीय सम्बन्ध बिस्तार गर्न उत्तर कोरियाली नेता किमलाई पुटिनको पत्र


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई दुई देशले ‘साझा प्रयासबाट ब्यापक र रचनात्मक द्विपक्षीय सम्बन्ध विस्तार गर्ने’ बताएको प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाको मुक्ति दिवसको अवसरमा किमलाई लेखेको पत्रमा पुटिनले घनिष्ठ सम्बन्ध दुवै देशको हितमा हुने र, कोरियाली प्रायद्वीप र उत्तरपूर्वी एसियाली क्षेत्रको सुरक्षा एवम् स्थिरतालाई सुदृढ गर्न मद्दत गर्ने उत्तर कोरियाको केसीएनए समाचार एजेन्सीले जनाएको छ।