केपी र हृदयेशबीच भेटघाट, चुनावमा तालमेलबारे वार्ता

केपी र हृदयेशबीच भेटघाट, चुनावमा तालमेलबारे वार्ता


एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

स्रोतका अनुसार २०७४ सालको संसदीय निर्वाचनमा सूर्य चिह्न लिएर लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ, अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला’, नेता त्रिपाठीको भनाइ छ ।

दुई नेताबीचको भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको सम्बद्ध पक्षले जनाएको छ ।