करिव २६५ किलो गाँजा बरामद

करिव २६५ किलो गाँजा बरामद


  • विकास रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । पृथ्वी राजमार्गमा जाँच गर्ने क्रममा बिहीबार दिउँसो २६४ किलो ८३७ ग्राम गाँजासहित गजुरी गाउँपालिका ७ पेटारे बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको हो ।

ग १ ख ९६५४ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा भेटिएको प्रहरीले जनाएको छ । सोही ट्रकनजिकैबाट बा. ३७ प ७९०७ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि धादिङ जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको छ ।