फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन


नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल)लाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रबार वाईसीएलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।