भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान

भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान


सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्‍चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए ।

कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्‍ने प्रवक्ता डा. महतले जानकारी दिए । आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ ।

प्रदेश क्षेत्रमा प्रदेश समितिले नै प्रतिनिधि खटाउने पनि उनले जानकारी दिएका छन् । त्यसैगरी जिल्लाले पालिका तहमा र पालिकाले वडा र टोल तहमा प्रतिनिधि खटाउने पनि जनाइएको छ ।