निर्वाचनकेन्द्रित बैठक गर्दै एमाले

निर्वाचनकेन्द्रित बैठक गर्दै एमाले


नेकपा (एमाले) ले निर्वाचनकेन्द्रित योजना बनाउनका लागि पार्टीका विभिन्न कमिटीको बैठक आज मङ्गलबारदेखि सुरु गर्दैछ ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

मङ्गबारको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय डाकिएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरिएको छ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।