सुरेन गौतमको ‘बा आकाश हुन् ‘ अमेरीकाबाट सार्वजनिक

सुरेन गौतमको ‘बा आकाश हुन् ‘ अमेरीकाबाट सार्वजनिक


पिताको मुख हेर्ने विशेष दिनको अवसर पारेर गायक सुरेन गौतमले ‘बा आकाश हुन्’बोलको गीत सार्वजनिक गरेका छन् । गायक गौतमले यो गीत अमेरिकाबाट बोधी एचडी को अफिसियल युट्युब च्यानलबाटमार्फत सार्वजनिक गरेका हुन् ।

गीतलाई वरिष्ठ गीतकार तुलसी बस्नेतले लेखेका हुन् भने सन्देश श्रेष्ठले संगीत भरेका छन् । यस गीतलाई दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन् । गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका हुन् । सरज केसीको छायांकन रहेको गीतमा विष्णुहरि तिमिल्सिनाको दृश्य सम्पादन रहेको छ ।

गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै-सधै जस्ता चर्चित गीतहरु गाएर चर्चा बटुलिसकेका छन् ।

औपचारिक रुपले स्वरपरीक्षा पास गरिसकेका गायक गौतमले “पिंजडाको सुरक्षा” बोलको गीतबाट ओएस नेपाल म्यूज़िक अवार्डमा उत्कृष्ट आधुनिक गायन पुरुषतर्फको अवार्ड जितिसकेका छन् ।

हाल गायक गौतम अमेरिकाको टेक्सस राज्यको टेक्सस टिच यूनिभर्सिटीबाट कृषिमा विद्यावारिधि गर्दै छन् ।