नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?


नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।

बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८∕७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५∕६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६∕६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७∕६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८∕६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यस्तै, आर्थिक वर्ष २०६९∕७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०∕७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१∕७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२∕७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३∕७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४∕७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५∕७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६∕७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७∕७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८∕७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।