उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा द्धिजराज भट्ट विजयी

उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा द्धिजराज भट्ट विजयी


  • डम्बर निदाल, डडेल्धुरा

उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा द्धिजराज भट्ट विजयी भएका छन् । अध्यक्ष पदका अर्का प्रतिष्पर्धी भोजराज भट्टलाई ९५ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन् । उनले ५७७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी भोजराज भट्टले ४८२ मत पाएका छन् ।

यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा दीपक महता ६११ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत मात्र प्राप्त गरे । त्यसैगरी वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी ६११ मत पाउँदै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी महादेव भट्टले ३६३ मत पाए । महासचिवमा विष्णुराज जोशी ६४४ मत पाउँदै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाए । सचिव महिलामा मीना फुलारा ६५७ मत पाउँदै विजयी भइन् भने प्रतिद्वन्द्वी लक्ष्मी ऐरले ३३४ मत पाइन् ।

निर्वाचन समितिका अनुसार सदस्यमा हरिप्रसाद उप्रेती ७०३ मत, सीताराम पाण्डेय ६९६ मत र धर्मदेव पाण्डेय ६७६ मत प्राप्तगरी विजयी भएका छन् । यस्तै मोहनबहादुर देउवा ६७२, धनबहादुर ठकुराठी ६५१, लोकराज पाण्डेय ६३५ र टेकराज ओझा ६१७ मत ल्याएर सदस्यमा विजयी भएका छन । सात जना सदस्यका लागि नौं जना चुनावी मैदानमा थिए । ५३५ मत ल्याएका गणेश साँकी र ६१३ मत ल्याएका सुनिल घिमिरे पराजित भएका छन । संघमा एक हजार दुई सय ९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो ।

निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान रहेको छ । आज निर्वाचित भएका बाहेकका पदाधिकारीहरु यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उद्योग वाणिज्य संघ डडेल्धुराको नयाँ नेतृत्वका लागी शनिवार मतदान सम्पन्न भएको थियो ।