आज इन्द्रजात्रा हेर्न जाने दर्शकले खुलामञ्चमा सवारी साधन पार्क गर्न पाउने

आज इन्द्रजात्रा हेर्न जाने दर्शकले खुलामञ्चमा सवारी साधन पार्क गर्न पाउने


आज साँझ काठमााडौंको वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो ।

आज साँझ इन्द्रजात्राको समापन हुँदै छ । समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ वसन्तपुरमा जाँदैछिन् ।

‘काठमाडौंको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागी हुने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी सूचनामा भनिएको छ ।