सन्धिखर्क गोरुसिङे सडक अवरुद्ध

सन्धिखर्क गोरुसिङे सडक अवरुद्ध


  • हरिप्रसाद भुसाल, अर्घाखाँची

महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङे सडक अवरुद्ध भएको छ ।

सन्धिखर्क गोरुसिङे सडक खण्डअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीनजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

केही दिनदेखिको वर्षसँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा शनिबार दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखि गोरुसिङेको सम्बन्धविच्छेद भएको छ । यद्यपि पहिरो सोहोर्ने काम भइरहेको र साँझ अबेरसम्म बाटो खुल्ने बताइएको छ ।