मदिरा व्यवसायी संघ ललितपुरको आयोजनामा वियर जात्रा हुने

मदिरा व्यवसायी संघ ललितपुरको आयोजनामा वियर जात्रा हुने


नेपालमा पहिलो पटक वियर जात्रा हुने भएको छ ।

बडा दशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी संघ ललितपुरले आयोजना गर्ने सो एकदिने बृहत वियर जात्रा ललितपुरको यला दरबार शंखमूलमा यही असोज ८ गते शनिबार आयोजना हुने भएको हो ।

सो वियर जात्रामा स्वदेशी र विदेशी वियर कम्पनीबाट उत्पादित सबै वियरहरू समावेश गरिने कुरा संघका अध्यक्ष उपेन्द्र लाखेले जानकारी दिए ।

मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनका अनुसार सो वियर जात्रामा चाडपर्वलाई मध्यनजर राख्दै विशेष छुटका साथ वियरहरू सहुलियत मुल्यमा उपलब्ध गराइनुका साथै विभिन्न कम्पनिले जात्रामा सहभागी हुनेहरुलाई फ्री टेस्टिङको समेत व्यवस्था मिलाएका छन् ।

जात्राका संयोजक तथा मदिरा व्यवसायी संघ ललितपुरका सचिव कविराज श्रेष्ठले सो दिन ११:३० बजे देखि साँझ ७:०० बजे सम्म मनोरन्जनसहित विभिन्न भेराइटिजका फुड स्टलहरूबाट भरपुर आनन्द लिन सकिने जानकारी दिएका छन् ।