आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०७९ बुधबार, २१ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ असोज २०७९ बुधबार, २१ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४नेपाल सं.११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन ५ गते बुधबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २१ तारिख आश्विन कृष्ण पक्षको एकादशी तिथि तिष्य नक्षत्र परिघ योग बब करण आनन्दादियोगमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ बजेमा भयो र सूर्यास्त साँझ १८ः०० बजे हुनेछ । इन्दिरा ११ व्रत, एकादशी श्राद्ध, फर्पिङ्ग हरिशंकर यात्रा, विश्व शान्ति दिवस ।

आजको राशिफल

मेष – आज व्यस्तता बढ्नुका साथै रसरागमा आकर्षण हुनुहुनेछ । सन्तानको सुख पनि प्राप्त होला । आरोग्य वृद्धि हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।

वृष – आजको दिन बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । ।

मिथुन – त्यति शुभकारी दिन देखिन्न । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । रसरागमा भने रुचि रहला । आइपरेको दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्य वृद्धि हुनेछ । समृद्धि पनि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव पनि आउने योग छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले कामको तारिफ गर्नेछन् ।

सिंह – आजको दिन चुनौतीहरु स्वतः हट्नेछन् । सौभाग्य बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्यक्षमता वृद्धि हुने र आयस्रोत बढ्ने योग छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा भने समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । परिबारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ ।

तुला – कर्मबल बढ्नेछ । रोकिएको कार्य बन्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

वृश्चिक – आज धैर्य र विवेकले काम गर्नु हितकर हुनेछ । आफन्तको सहयोग बढ्ला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । इस्टमित्रको सहयोग पाउनुहुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – भागदौड बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला।

मीन – प्रेमभाव बढ्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । समयले साथ दिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, यसमा होसियार रहनुहोला ।।