चलचित्र जगत्मा ‘प्रेमगीत ३’ले नयाँ आयाम थपेको प्रचण्डको प्रतिक्रिया

चलचित्र जगत्मा ‘प्रेमगीत ३’ले नयाँ आयाम थपेको प्रचण्डको प्रतिक्रिया


  • photo: rss

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको प्रतिक्रिया दिएका छन् ।

आइतबार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्नलायक बनेको बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए । सन्देशको दृष्टिकोणले चाहिँ फिल्म मसलेदार रहेको उनको ठहर छ ।

नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको भन्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास प्रचण्डले व्यक्त गरे ।