चन्द्रौटाका व्यवसायीविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्धा दर्ता

चन्द्रौटाका व्यवसायीविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्धा दर्ता


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाका व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेलउपर चेक बाउन्स अन्तर्गत मुद्धा दर्ता भएको छ । उच्च अदालत बुटवलमा मुद्धा दर्ता भइ व्यवसायी पोख्रेलउपर पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । व्यवासयी पोख्रेल उपर एसएस सप्लायर्सका प्रतिनिधिहरुले मुद्धा दर्ता गराएका हुन् ।

पोख्रेलले दिएको ३ लाख ५० हजारको ३ वटै चेक बाउन्स भएपछि पटक पटक उनलाई सम्पर्क गर्दा उनले बेवास्ता गरेपछि बाध्य भइ मुद्धा दर्ता गराइएको एसएस सप्लायर्सका मार्केटिङ प्रमुख नइम मोहम्मदले बताए ।

पटक पटक ४ महिना भन्दा बढी समयदेखि सो रकम लिन धाउँदा पनि व्यवसायी पोख्रेलले उल्टै ठुला कुरा गरेर रकम तिर्न नखोजेपछि मात्रै मुद्धा दर्ता गराइएको जानकारी दिँदै एसएस सप्लायर्सका मार्केटिङ प्रमुख मोहम्मदले भने, ‘चेक काट्ने तर खातामा पैसा नहुने र पटक पटक साट्न जाँदा चेक बाउन्स भएको खबर गर्दा कुनै परवाह नगर्ने उनलाई नियमअनुसारको सजाय गराउँछौँ ।’

व्यवसायी पोखरेलउपर पक्राउ पुर्जी जारी भएलगत्तै उनलाई पक्राउ गर्न चन्द्रौटा प्रहरी सक्रिय भएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएलगत्तै पोखरेल र उनका आफन्तहरु मुद्धा मिलाउन भन्दै विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक अगुवाहरुसँग धाउन थालेका छन् । तर मुद्धा दर्ता भइसकेपछि नियमअनुसार नै प्रक्रियामै गएर मुद्धा टुंगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी पोख्रेले अहिले प्रहरीले पक्राउ गर्छ कि भन्ने डरले लुकेर हिँडेका छन् ।

व्यवसायी पोख्रेल चन्द्रौटा क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् । तर आफूले तिर्नुपर्ने रकम तिर्न भने विभिन्न वहानाबाजी गरेर उनले यस्तै खालका नसाटिने चेक दिने गरेका छन् । रकम तिर्न सक्ने भए पनि उनी रकम तिर्न खोज्दैनन् । चेक बाउन्स केसमा मुद्धा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि मात्रै उनको चेत खुलेको छ ।

व्यवसायी पोख्रेल चन्द्रौटास्थित प्रतिष्ठित व्यवसायी केन्द्र ओम इलेक्टिेनिक्सका संचालक हुन् ।