लागूऔषधसहित तीन व्यक्ति पक्राउ

लागूऔषधसहित तीन व्यक्ति पक्राउ


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका गण्डक ब्यारेज नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित तीन व्यक्ति पक्राउ परेका छन् ।

गण्डक ब्यारेज नाकामा तैनात सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बियोपीको जनशक्तिले नियमित चेकजाँचको क्रममा लागूऔषधको कारोबारीका साथै उनीहरुले प्रयोग गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक रिवाज दाहालले जानकारी दिनुभएको छ।

लागूऔषधसहित पक्राउ परेका ४५ वर्षीय विनोद कोहार, ४७ वर्षीय किशोर केवट र ५० वर्षीय धनबहादुर खाणसहित उनिहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको युपी ५३ डि.एल. ५४८८ नम्बरको बजाज कम्पनीको मोटरसाइकल नियन्त्रणमा लिइएको र अभियुक्तहरुलाई थप कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय त्रिवेणीमा पठाइएको छ ।

लागूऔषध कारेबारीहरुबाट ४८ क्याप्सुल स्पास्मो र २० बोत्तल २० कफ सिरप बरामद गरिएको हो । लागूऔषध कारवाही मध्य एक अपाङ्ग भएको र बैशाखीको प्रयोग गरि हिँड्ने गरेको र तिनीहरुले केही लागूऔषध तरकारीको झोलाभित्र र केही लागू औषध पाइन्टको पेन्टीभित्र लुकाइ ल्याइएको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरिएको थियो ।