बालगृहका बालबालिकालाई दशैँको यस्तो शुभकामना !

बालगृहका बालबालिकालाई दशैँको यस्तो शुभकामना !


  • नारद कोहार, तौलिहवा

कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई सहयोग गरिएको छ । बालगृहमा रहेका बाल बालिकालाई दशैँको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी नयाँ कपडा, जुत्ता मोजासमेत वितरण गरिएको हो ।

बालगृहमा रहेको असहाय बालबालिकालाई सबैले संरक्षण गर्नुपर्ने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेद्रकुमार मिश्राले बताउनुभयो । बालगृहमा हाल २३ जना बालबालिका आश्रित रहेका गृहका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी, बालगृहका कोषाध्यक्ष मोहम्मद वसिम, सदस्य रेणु सेन र धिरज कुमार गुप्तालगायतको सहभागिता रहेको थियो । कार्यक्रम संगठनका प्रमुख गोपालमणि ज्ञवालीको अध्यक्षतामा भएको थियो ।