आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०७९ मंगलबार, ४ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०७९ मंगलबार, ४ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन १८ गते मंगलबार तद्अनुसार सन् २०२२ अक्टुबर ४ तारिख आश्विन शुक्ल पक्षको नवमी तिथि उत्तराषाढ़ा नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादियोगमा मानस योग चन्द्रमा धनु राशिमा ६ः२३ पर मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौैमा सूर्योदय बिहान ५ः५८ बजे भयो र सूर्यास्त साँझ १७ः४५ बजे हुनेछ । महानवमी, बौद्धावतार ।

आजको राशिफल

मेष – आज स्वास्थ्यप्रति अलिक सजग रहनुपर्ला । खानपानमा विचार पुर्याउनु हितकर हुनेछ । कार्यगति बढ्ने योग रहे पनि इर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ भने आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । दाम्पत्य सुख बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – जोखिम बढे पनि कार्यक्षेत्रसँग सम्बन्धित काम बन्नेछ । तथापि, व्यावहारिक झमेला आइलाग्न सक्छन् । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आरोग्यताका साथै व्यस्तता बढ्नेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइएला । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । आशा उत्साह बढ्नेछ । रोकिएका काम बन्नेछन् । मानसम्मान प्राप्ति र ख्याति फैलिने योग छ ।

सिंह – प्रेमभाव बढ्ने र आफन्तसित भेटघाट हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । तर, साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै फेला पर्नेछन् । ऋण, रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन बोली र व्यवहारमा सजगता अपनाउनु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ । कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हाँसविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – व्यस्तता बढ्ने र रोकिएको काम बन्नेछ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । घरखर्च बढ्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – भाग्योदयको समय छ । आफन्तको सहयोग बढ्ला । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठोसमेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिने योग पनि छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन तर विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ ।

कुम्भ – भाग्य बलवान् रहला । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । लगानी वृद्धि हुनेछ भने काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – आयबल बढ्नेछ, सुख–सुविधा वृद्धि होला । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।